रौतहटका केही प्रहरी कार्यालयलाई तत्कालका लागि हटाइयो

polरौतहटः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा सीमांकनविरुद्ध जारी रहेको आन्दोलन उग्ररुप लिदै गएपछि रौतहटमा रहेका केही प्रहरी कार्यालयलाई तत्कालकालागि हटाइएको छ । सोमबार कैलालीमा एसएसपीसहित प्रहरीतर्फ ठूलो क्षति भएपछि सुरक्षाको दृष्टिकोणले जिल्लामा रहेका केही ईलाका प्रहरी कार्यालयलाई हिजो साँझदेखि हटाईएको प्रहरी जनाएको छ । दुई दर्जनभन्दा बढी प्रहरी कार्यालयहरुलाई तत्कालका लागि उठाइएको रौतहट प्रहरीका डिएसपी शुधीर राज शाहीले बताउनु भयो । जिल्लाका २० वटा प्रहरी कार्यालय र ११ वटा अस्थायी प्रहरी पोष्टलाई हटाएर अर्को प्रहरी कार्यालयहरुमा तत्कालका लागि मिलाईएको उहाँले जानकारी दिनुभयो । जिल्लमा अहिले असहज रहेको परिस्थति सहज भएपछि मात्रै हटाईएका प्रहरी कार्यालयहरुलाई पुरानै ठाउँमा फिर्ता पठाइने भएको छ ।

Comments

Top