सुदूरपश्चिमका नेपाल नायब प्रहरी महानिरीक्षक परिवर्तन

nepali-police-logo-काठमाडौँः कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक रामकुमार खनालको स्थानमा माधव नेपाललाई र सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको गृह मन्त्रालयले जनाएको छ । खनाल र चौधरीलाई दुबै प्रहरीको प्रहरी केन्द्रीय कार्यालयमा फिर्ता बोलाइएको छ । मन्त्रालयले आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको स्थानमा दिनेश अमात्यलाई पठाएको छ ।

Comments

Top