गौरमा प्रहरीको गोली लागेर एकको मृत्यु

काठमाडौँः रौतहटको गौरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले गोली चलाउँदा मठिया गाविसका राजकिशोर ठाकुरको मृत्यु भएको हो । उनको पेटमा गोली लागेको थियो । प्रदर्शनकारी प्रहरीमाथि ढुंगा प्रहार गर्दै अघि बढ्न थालेपछि बल प्रयोग गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

gaur

Comments

Top