अधिकारकर्मीहरुले भने कुमार घैटेलाई मार्ने अधिकार प्रहरीसँग छैन

काठमाडौः अधिकारकर्मीहरुले पुलिसको ईन्काउण्टरमा मारिएका कपुरधाराका कुमार श्रेष्ठ घैटे प्रकरणको न्यायिक छानविन गर्नु पर्ने माग गरेका छन । आईतवार राजधानीमा सामखुसी यूवा क्लबले आयोजनता गरेको अन्र्तक्रिया कार्यक्रम बोल्दै अधिकारकर्मी एवम कानून ब्यवसायी दिनेश त्रिपाठीले नेपालमा अदालतले समेत मृत्यू दण्ड दिन नसक्ने अवस्थामा प्रहरीले यो मुलुकलाई प्रजातान्त्रिक मुलुकबाट पुलिस राज्य बनाउन लागेको दावी गरे ।

उनले भने–पुलिसले कानून हातमा लिन मिल्दैन । उसलाई हत्या गर्ने अधिकार कानूनले दिएको छैन । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने हो । न्यायलयको स्थान प्रहरीले लिन पाउँदैन । त्रिपाठीले घैटे प्रकरण फेक ईन्काउण्टर भएको भनि आवाज उठेकोले यसको न्यायिक छानविन गरेरसत्य बाहिर ल्याउनु पर्ने भन्दै घैटेको शबको भिडियोग्राफीसहित दुई पटक पोष्टमार्टम गरिनु पर्नेमा जोड दिए । ghaite

अधिकारकर्मी चरण प्रसाईले निहत्थालाई गोली हान्न नपाईने भन्दै घटनाप्रति प्रश्न उठेकोले यसको निष्पक्ष छानविन हुनु पर्ने बताए । उनले मान्छे मरेको विषयमा बधाई दिएको समाचार आउनु गंभिर भएको भन्दै घटनाको सत्य तथ्य बाहिर आएको दिन प्रधानमन्त्री र गृहमन्त्री नै दोषि ठहर हुने धारणा राखे ।

अधिकार कर्मी गोविन्द बन्दीले घैटे प्रकरणमा प्रहरीले आवश्यक बल प्रयोग नगरी गोली हानेको घटना उल्लेख गर्दै भने–कुमार प्रकरणमा मात्रै होईन देशका विभिन्न भागमा भईरहेको आन्दोलनको क्रममा पहिला घुडा भन्दा तल गोली हान्नु पर्नेमा छाति र टाउकोमा ताकेर गोली हानिएको छ । यसले आशंका उत्पन्न भएकोले यसको नष्पक्ष छानविन हुनु पर्छ । उनले छानविनबाट दोषि ठहरे संलग्न प्रहरीहरुमाथि पनि कारवाही हुनु पर्ने भन्दै नेपालीले तिरेको करको पैसाबाट नेपालीलाई नै मार्न नपाउने बताए ।

Comments

Top