स्वमी प्रपन्नाचार्यको निधन

vedaकाठमाडौं ।  वेदान्तचार्य डा। स्वामी प्रपन्नाचार्यको निधन भएको छ । लामो समयदेखि मधुमेहलगायत रोगबाट पीडित प्रपन्नाचार्यको राजधानीको पशुपति मृगस्थलीस्थित आश्रममा ९२ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो । प्रपन्नाचार्य राजाकालीन राजपरिषद सदस्य थिए । पशुपति क्षेत्र विकास कोषले केही वर्षदेखि स्वामीलाई आश्रम दिएपछि यहाँ बस्दै आएका थिए । कोषको अनुमतिमा शुक्रबार पेशुपति क्षेत्रमै समाधिस्थ गरिने आश्रमका स्वयंसेवकले जनाएका छन् । पाँचथरमा किराँत चाम्लिङ राई कुलमा जन्मिएका उनी काले राइको नामले चिनिन्थे ।  ३० वर्षको उमेरपछि जोगीको साथ लागेर काले राई भारत प्रवेश गरेका थिए । त्यहाँ संस्कृत शिक्षाआरम्भ गरी वेदान्तचार्य बनेका थिए । उनले चारवेदको तुलनात्मक अध्ययन गरी विद्यावारिधि उपाधि हासिल गरेका थिए । उनको १.सम्मार्ग दर्शन (०३३) २.प्रचीन हिन्दूविज्ञान (२०३६) ३.वेदमा के छ ? (२०३७) ४.पद्मस्मृति ग्रन्थ (सं.२०४०) ५.किरातहरू मंगोलिलयाबाट आएका शरणार्थी होइनन् (२०४७) ६.भावामृत व्याख्या (सं.२०४९) ७.काले रार्इका क्वाँटी कविता (२०५०) ८.प्राचीन किरात इतिहास (२०५१) ९.मानव अधिकार हनन के हो ? (२०५१) १०.कार्तविर्योदय महाकाव्य (सुकृतिदत्तकृत सं. २०५१) ११. योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४) १२.महागुरु फाल्गुनन्द सरस्वती सत्यहाङ्माको जीवनी (२०५४) १३. संक्षेपमा मेरो जीवनयात्रा (२०५९) सहित दर्जनौं पुस्तक प्रकाशित छन् ।

Comments

Top