ओखरपौवामा फोहोरको टौवा (फोटोफिचर सहित स्थलगत रिपोर्ट)

सुदिप रेग्मी, ओखरपौवा नुवाकोटः २०६२ सालको कुरा हो । नुवाकोट जिल्ला ओखरपौवा गाविसका जनतालाई सरकारले भनेको थियो तिमीहरुको गाविसमा राम्रो स्वाथ्य सेवा उपलव्ध गराइदिन्छौँ, राम्रो विद्यालय र गुणस्तीय शिक्षा प्रदान गरिदिन्छौँ ।

अझ भनेको थियो तिमीहरुको गाविसमा शिक्षा, स्वाथ्य मात्र नभई विद्युत र यातायातको समेत राम्रो प्रवन्ध हुनेछ । उद्योगधन्दा र कलकारखाना सुरु गदै प्रत्येक घरमा रोजगारको समेत व्यवस्था गर्दिने वाचा सरकारको थियो ।

त्यो वाचापछि ओखरपौवाका जनताहरुले काठमाडौँ उपत्याकामा बसोबार गर्ने झण्डै ५० लाख मानिसहरुले फालेको फोहोरलाई आफ्नो गाउँमा व्यवस्थापन गर्न स्विकृत दिएका थिए र उनिहरुले सरकारसँग आफ्ना वाचा पुरा गर्न सम्झौता समेत गरेका थिए । सम्झौतामा भनिएको थियो फोहोरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने छ, फाहोर राख्ने ठाउँ वरीपरि गाईवस्तु नजानेगरि तारवार लगाइने छ र फाहोरबाट निस्कने पानीलाई प्रशोधन गरि खोलामा बगाइने छ । सरकार र स्थानीयवासीबिच सम्झौता भएको झण्डै १ दशकपछि माईन्यूजनेपाल टिम ओखरपौखामा जादाँ दृश्यहरु सम्झौताको ठिक बिपरित देखियो । Akhwor pauwa (6)Akhwor pauwa (1)

फोहोर खुल्ला ठाउँमा फालिएको थियो । खुल्ला डाडाँमा अव्यवस्थित रुपमा फोहोर फाल्दा ओखरपौवा गाविस पुरै दुर्घन्धीत बनेको थियो । फोहोर वरिपरी गाई वस्तु चरिरहेका थिए भने फोहोरबाट निस्किएको पानीलाई प्रशोधन नगरी सिधै खोलामा बगाइएको थियो । सरकारले पिच सडक निर्माण गर्दिने बाचा गरेको उक्त स्थानमा माहानगरपालीकाले फोहोर लगेका गाडीहरु गुड्न नसकेपछि दोजरले धकल्ने काम गरिरहेको थिए । Akhwor pauwa (2) फोहोरका कारण विभिन्न रोगका संक्रमण फैलिइरहेका स्थानीय बताउँथे भने त्यहीँ फोहोरमा केटाकेटीहरु खेलीरहेका थिए । फोहोरबाट निस्किएको कालोपानी स्थानीयहरुको खेतमा गइरहेको थिए । स्थानीय राजकुमार बलामीले गुनासो गरे फोहोरबाट निस्कएको विस जस्तै पानीले खेतवाली सबै नष्ट गर्यो । Akhwor pauwa (3) हुनत फोहोर व्यवस्थापनकालागि वजेट विनियोजन नभएको पनि होइन । वार्षिक करौडौँ बजेट विनियोजन भएपनि कामहरु हुन सकेका छैनन् । फोहोरमाथी राजनिति गर्न वेलावेलामा नेताहरुपनि पुग्ने गरेको स्थानीयहरुले बताए । Akhwor pauwa (4) शुक्रवार पनि त्यहीँ वस्तीमा व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको १ हुल सभाषद्को टोली त्यहाँ पुग्यो । फोहोरले आक्रान्त बनेका स्थानीयहरुले सभाषद्हरुलाई घेरेर भने सरकारले आफ्नो प्रतिबद्धता पुरा गरोस । कार्यक्रममा पुगेका सभाषद्हरुले १ दशकदेखि सरकारले पुरा नगरेका प्रतिबद्धता पुरा गर्न प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । नुवाकोट जिल्लाका सभाषद् अर्जुननरसिंह केसी र जगदिशनरसिंह केसीले सरकारले गरेका प्रतिबद्धता कार्यान्यन गराउन पहल गर्ने अर्को प्रतिबद्धता व्यक्त गरे । Akhwor pauwa (8) विगत १ दशकदेखि काठमाडौँका ५० लाख जनताले फालेको फोहोरको गन्धमा वस्न बाध्य छन् ओखरपौवा बासी । उनिहरुलेको एउटा मात्रै माग छ सरकारले गरेको सम्झौता पुरा होस । सम्झौता पुरा नभएपनि स्थानीयहरुले १ दशकदेखि त्यस ठाउँमा फोहोर फाल्न दिइरहेका छन र प्रतिबद्धता पुरा हुने आशमा छन् तयसैले सरकारले गरेको सम्झौता र प्रतिबद्धता पुरा गर्न आवश्यक छ । Akhwor pauwa (5) Akhwor pauwa (7)

Comments

Top