विएमएल मुन्जालद्धारा नेपाली विद्यार्थीलाई छात्रबृत्ति

bmlकाठमाडौं । भारत हरियानामा रहेको विएमएल मुन्जाल विश्वविद्यालयले नेपालबाट उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुका लागि उचित छात्रबृत्तिको व्यवस्था गरेको छ । नेपाली विद्यार्थीहरुलाई विएमएलले २५ देखी शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । विद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्था हेरेर विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यार्थीले ल्याएको अंक र विएमएलले लिने परिक्षामा ल्याएको प्रतिशतलाई आधार मानेर विएमएलले छात्रबृत्तिको व्यवस्था गरेको विएमएलका रिजनल मेनेजर आशिष दुआले जानकारी गराए । काठमाडौंको सिभिल मलस्थित विएमएलको रिजनल कार्यालय एजुकेशन पार्कमा ३० गते शनिबार छात्रबृत्तिको परिक्षा हुने विएमएलले जनाएको छ ।

Comments

Top