अरनिको राजमार्ग खुलाउन चिनियाँ टोलि आइपुग्यो

araniko rajmargaकाठमाडौँः अविरल बर्षाको कारण अवरुद्ध नेपाल चीन जोड्ने अरनिको राजमार्ग खुलाउने कार्य सुरु गरिएको छ । नेपाली सेनाको समन्वय र  चीनियां सशस्त्र प्रहरीको सहकार्यमा शनिवारबाट  अवरुद्ध राजमार्ग खुलाउन लागिएको हो । वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको तातोपानी(खाडीचौरका विभिन्न स्थानहरुमा ठुलाठुला पहिरो गएपछि राजमार्ग अबरुद्ध बनेको थियो । राजमार्ग खुलाउन चीनका चीनियां सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन भएका छन् । राजमार्ग खुलाउन चीनबाट १९ वटा ईन्जिनियरिङ्ग ईक्यूप्मेन्ट र २० गोटा सर्पोटिङ्ग ईक्युप्मेन्टहरु गरी जम्मा ३९ गोटा ईक्युमेन्टहरु प्रयोगमा रहेका छन् । १५(२० दिनभित्रमा सम्पूर्ण पहिरो हटाई बाटो सूचारु गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

Comments

Top