ठोरी सीमामा पानी विवाद, भारतीयले नेपाली कुटे, प्रहरी सहित दर्जनौं घाइते

महेश गौतम,ठोरीः लामो समय देखिको सीमा विवाद अन्त्य भएको महिना दिन पनि नबित्दै ठोरीमा पानीको विषयलाई लिएर विवाद सुरु भएको छ । ठोरी गाविसको वडा नं ७ मा पर्ने परेवा भित्ता बाट ठुटे खोलामा बगेको पानी बाडफाँडको विषयलाई लिएर विवाद हुँदा नेपाल प्रहरीका जवान सहित दर्जनौं नेपाली घाइते भएका छन ।

आकाशे पानी लामो समय सम्म नपरे पछि रोपाइ गर्न नपाएको भन्दै निर्मलबस्ति गाविस तर्फ गत आइतबार पानी लैजानैै क्रममा भारतीय नागरिक हरु आएर नेपाल तर्फ बगेको पानीको कुलो भत्काउन थालेपछि विवादले उग्र रुप लिएको हो । नेपाल तर्फ कुलो बनाई लगेको पानी भारतीय पक्षले आफ्नो भूमी तर्फ फर्काउँदा विवाद सुरु भएको स्थानीय चिरञ्जिवि सापकोटाले बताए । सो क्रममा झडप हुँदा नेपाल प्रहरीका जवान नन्दुलाल महतो,निर्मलबस्ति गाविसका नाना प्रसाद पाठक, प्रेम सुयाँल,चन्द्र बहादुर मिजार लगायत दर्जानौ नेपाली घाइते भएका छन ।

घाइते मध्ये महतोको टाउको फुटेको छ भने पाठकको कन्चटमा गम्भिर चोट छ । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । सापकोटाका अनुसार कुलो भत्काएर फर्के पछि भारतीय बजारमा किनमेलका लागि गएका नेपालीहरुलाई भारतीय हरुले लछारपछार गर्दै कुटपिट गरेका हुन । नेपाली कुटीएको सुने पछि ठोरी र निर्मलबस्ति गाविसका नागरिकहरु विवादित स्थानमा पुगेका थिए । त्यस लगतै भारत तर्फबाट भाला लाठी सहित सयौंको संख्यामा भारतीय हरु आए पछि विवादले झडपको रुप लिएको थियो ।pani bibad

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ध्रुब कुमार श्रेष्ठका अनुसार गत आइतबार देखि विवाद सुरु भएको हो । विवाद मिलाउनका लागि सोमबार दिनभर आफुले पहल गर्दा पनि नसकिएको उनले जानकारी दिए । नेपाल तर्फबाट बगेको पानी भारतको भिखना ठोरी भवानीपुर,एकवा,महाजोगिन लगाएतका क्षेत्रका किसानले सिंचाईका लागि प्रयोग गर्दै आइरहेका छन भने नेपाल तर्फ निर्मलबस्ति गाविसका किसानले सो पानीको प्रयोग गर्दै आइरहेका छन । विवादित क्षेत्रमा अहिले नेपाल तर्फ बाट शसस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छन भने भारतीय सीमा सुरक्षा बल एसएसबी समेत सीमामा देखिएका छन । विवाद अन्त्यका लागि आज पनि छलफल गरिने प्रहरी निरिक्षक धुबकुमार श्रेष्ठले जानकारी दिए ।

ठोरीमा यस अघि २०७० माघमा पनि पानीको विषयलाई लिएर विवाद हुदा झडप भएकौ थियो । विवादको सुरुवात विसं २०४५ सालमा भारतीय पक्षले कुलो बनाएर पानी लैजान थाले देखि भएको स्थानीयले बताएका छन ।

Comments

Top