बल्ल भेटिन हिमानीले पारसलाई

काठमाडौँः पूर्वयुवराज पारस शाहको मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । अस्पताल भर्ना गरिएपछि उनकी पत्नी हिमानी शाह पारसलाई भेट्न अस्पताल पुगेकी छिन् ।

थाइल्यान्डबाट नेपाल आइसकेपछि पारस र हिमानीबीच भेटघाट भएको थिएन । जीव्नकुञ्जमा रहेका पारस नियमित उपचार गराइरहेका थिए । तीन दिन अघि उनका चिकित्सकले पेस मेकर राख्न सुझाव दिएपछि पारसलाई अस्पताल भर्ना गरिएको नेपाल समाचारपत्रमा समाचार छ ।

पेस मेकरले मुटुलाई थप क्रियाशील बनाई तोकिएको मात्रामा चलाउँछ । मुटुमा समस्या आएर धड्कन कम हुन थालेपछि चिकित्सकले पेस मेकर राख्ने सल्लाह दिएका थिए ।

paras himani

Comments

Top