मान्छे नङ्गाउने संसदिय सुनुवाइ, संवैधानिक अंग छाडा राँगा

काठमाडौँः नेपाल वार एशोसिएसनका अध्यक्ष हरीकृष्ण कार्कीले सैवधानिक अंगहरु छाडा छोडिएका राँगा जस्तै भएको बताएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सैवधानिक अंगलाई नियमन गर्न महाअभियोग समितिलाई स्थायी गनुपर्ने बताए । उनले मस्यौदामा न्यायपालीकालाई पुनसंरचना नगरिएको भन्दै न्यायपालीकालाई पुनसंरचना गर्नुपर्ने बताए । hari karki

न्यायपरिषद् दवाव र प्रभावबाट अगाडि बढेको भन्दै उनले न्यायपरिषद्को संरचना परिवर्तन गर्नु पर्ने बताए । उनले भने संसदिय सुनुवाइले मान्छेलाई नङ्गाएर बेइजत गरेरपनि नियुत्ती दिन्छ त्यसैले यस्तो निकायको खाँचो छैन । यसैगरी  नेपाल वार एशोसिएसनका पूर्व उपाध्यक्ष तथा तत्काली राज्य पुनर्संरचना आयोगका सदस्य सुरेन्द्र महतोले यो मस्यौदा अवैधानिक भएको आरोप लगाए । उनले सर्बोच्चको आदेश उल्लंघन गरेर आएको मस्यौदा वैधानिक नहुने दावी गरे ।

Comments

Top