फिफा अध्यक्ष ब्लाटरमाथि पैसा मुठो प्रहार

जुरिचः सोमबार फिफाको पत्रकार सम्मेलनमा फरक दृष्य देखियो । स्विजरल्याण्डको जुरिचस्थित फिफा मुख्यालयमा कार्यकारी समितिको दुईदिनसम्म चलेको बैठकका निर्णय सार्वजनिक गर्न अध्यक्ष सेप ब्लाटरले पत्रकार सम्मेलनको आयोजना गर्दैथिए ।

अध्यक्ष ब्लाटर निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन हलमा प्रवेश गरिसकेका थिए । ब्लाटर आफ्नो चेयरमा बसेका मात्र के थिए, एक व्यक्ति अघि बढे ।

ब्लाटरको चेयरअघि पुगेर ती व्यक्तिले नक्कली डलरको एक ‘बण्डल’ ब्लाटर अघि राखिदिए । अनि भने, ‘यो रकम सन् २०२६ को फिफा विश्वकपको आयोजना जिम्मेवारी दक्षिण कोरियालाई दिन आएको हुँ ।’

त्यसपछि पत्रकार सम्मेलनको माहोल नै बललियो । ब्लाटरमाथि फरक व्यवहार गर्ने ति व्यक्ति बेलायती हास्य कलाकार सिमोन ब्रोडकिन हुन् । ब्रोडसक बेलायतमा यस्तै हर्कतबाट चर्चित छन् । उनी सोमबार फिफा अध्यक्ष ब्लाटरमाथि उग्र रुपमा प्रस्तुत भएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

https://www.youtube.com/watch?t=153&v=vAry8OZ4v4Q

Comments

Top