निचिरेन शोशु आध्यात्मिकद्धारा जस्तापाता वितरण

काठमाडौँः निचिरेन शोशु आध्यात्मिक संस्था नेपालको आयोजना एवं निचिरेन शोशु रिक्योबो म्योकान्को प्रधान कार्यालय जापानको सहयोगमा विनासकारी भुकम्पका विपितहरुलाई जस्तापाता वितरण गरिएको छ । संस्थाहरुले काठमाण्डौ जिल्ला रानीवनका ३५ घर, कपनका १५ घर, पेप्सीकोलाका ८ घर, नयाँ वजार वसपार्कका २० घरहरुमा जस्तापाता वितरण गरेका हुन ।

यस्तै भक्तपुरमा ३५ घर, गोरखा जिल्लाको गाखुका २० घर, ताङ्गलीचोकका १५ घर, आरु आरुवाङ्गका १५, रामेछाप जिल्लाको चनखु÷चिसापानी मन्थलीका२५ घरमा जस्तापाता वितरण गरिएको छ । यस्तै सिन्धुली, महोतरी जिल्लाको, ओखलढुङ्गा, काभ्रेपलान्चोक गरी कुल जम्मा ३०० घर परीवारलाई जस्ता पाता वितरण गरिएको संस्थाले जनाएको छ । sahayog 2

निचिरेन शोशु रिक्योवो म्योकान्को जापानका मुख्य गुरु श्री ओगावा शिदो, गुरु श्री ओगावा शोगो, अन्तराष्ट्रिय अध्यक्ष श्री काजुओ ओकुसा, निर्देशक श्री ओकुरा कोजी, राष्ट्रिय अध्यक्ष श्री ईश्वर वहादुर क्षेत्रीले विनासकारी भुकम्प पिडित परिवारलाई जस्तापाता वितरण गर्नुभएको थियो ।

sahayog

Comments

Top