जन्मदिनको खर्च मृगौला पिडीत विरामीलाई

mirgaulaकाठमाडौं । आफ्नो जन्मदिन मनाउन हुनेखाने व्यक्तिहरुले केक काट्नेदेखि लिएर ठूला–ठूला होटल तथा रेष्टुरेन्टहरुमा भव्य पार्टी दिने गर्दछन् । तर, राजधानीमा दश बर्षिय एक बालक भने आफ्नो जन्मदिनको अवसरमा मृगौला पिडीत ३० वर्षीय विरामीलाई छ हजार २० रुपैयाँ नगद सहयोग गरेर प्रशंसाको पात्र बनेका छन् । उनको जन्मदिनको खर्च थियो उक्त रुपैयाँ, जुन केक र उपहारमा खर्च गर्नु पर्ने थियो । दुबै मृगौला खराब भएका पिडीत अनोज महर्जनको बारेमा रेडियोमा समाचार सुनेपछि ति १० वर्षीय बालक शार्थक संग्रौलाले मन थाम्न सकेनन् । तुरुन्तै उनले बुबा र आमालाई आफूले जन्मदिनको खर्च महर्जनलाई दिने बताए । जुन कुरालाई उनका बुबा खेम संग्रौलाले सहमति जनाए र पाटन अस्पताल पुगेर विरामीको हातमा संयुक्त रुपमा नगद सहयोग गरे । चापागाउँ बस्ने महर्जनको बुबा धेरै वर्ष पहिले नै बितिसकेकाले आमा पनि मानसिक रोगी भएकी थिइन् । तर, आमा पनि दुई महिना पहिले यस धर्तीबाट बिदा भएपछि महर्जन एक्लो भएका थिए ।

Comments

Top