समाज परिवर्तनमा जुट्दै दलित महिला

महेश्वर गौतम, सिन्धुलीः तेह्र वर्षको कलिलो उमेरमा विवाहको नातामा बाधिएकी हुन कमलामाई नगरपालिका ४ आहाले सिन्धुलीकी शर्मिला विश्वकर्मा । सर्लाहीको मधेशी माहोलबाट पहाडी भागमा नाता जोड्दा शर्मिलाका लागि विल्कुल फरक परिवेश थियो । जतिखेर आहालेका धेरैलाई जन्मदर्ता नागरिकता विवाह दर्ता आदिका विषयमा समेत पत्तो थिएन । उनै शर्मिला जसले दलित भएर पनि आहालेमा उदाहरण बनिन । ‘पहिले पहिले हक अधिकारका कुरा गर्दा पोथी बासेको भन्दै सत्तोश्राप गर्नेहरु अहिले साथ छन’शर्मिलाले भनिन । लैङ्गिक विभेद महिला हिंसा बाल हिंसा लगाएतका हिंसाका बिरुद्घ शर्मिलालाई आहालेमा अहिले सबैको साथ छ । सामान्य उच्च शिक्षा हाँसिल गरेकी उनलाई अपाङ्ग श्रीमान तुलारामले साथ दिएका छन । mahila नागरिक सचेतना केन्द्रको संयोजकको भूमिकामा सक्रिय उनी आफ्नो दैनिकी समाजलाई सकरात्मक परिवर्तन तर्फ डो¥याउनमा बिताइरहेको भेटिन्छिन । ‘पहिले पहिले गाउँका महिलाहरुलाई कुरा बुझाउनै गा¥हो भयो, विस्तारै संगठित भएर भेला तथा तालीम लिएपछि भने केही सहज भयो’, उनले भनिन । आहाले गाउँमा अधिकांस बासिन्दा दलित छन् । दलित बस्ती भएकाले धेरै निरक्षर छन् । तर शर्मिलाकै सक्रियतामा गाउँमा प्रौढ कक्षा संचालन देखि महिला स्वास्थ्य सम्बन्धी तालीम बेला बेला संचालन भइरहन्छन् । त्यतिमात्र नभइ जन्मदर्ता, विवाह दर्ता, लैङ्गक समानताबारेमा चेतनामुलक गोष्ठीहरु संचालन हुन्छन् । ‘घर–घरमा पुगेर महिलाहरुलाई संगठित गराइरहेकी छु, घर बाहिर निस्कँदा लजाउने महिलाहरुमा दिनप्रतिदिन परिवर्तत आइरहेको छ, शर्मिलाले भनिन । सिन्धुलीकै रानीचुरी–४का अधिकांश दलित महिला केही बर्ष अघिसम्म घर भित्रै सिमित थिए । न्यून आर्थिक अवस्था र चेतनाको कमीका कारण घरबाहिर निस्केर हिडडुल गर्नुहुँदैन भन्ने मान्यता थियो । ‘बाहीर हिडडुल गर्दा श्रीमाने गाली गर्नुहुन्थ्यो, छिमेकीहरुले गिज्याउँथे’, स्थानीय सिता अछामीले भनिनः‘ गाउँमा बेला बेला प्रदान गरिने चेतनामुलक तालीममा महिला–पुरुष दलित जनजाती सबैको सहभागिता हुन थाले पछि आँखा खुलेको छ ।’mahila2 यस्तो परिवर्तनको श्रेय जिल्ला विकास समिति अन्तर्गतको स्थानीय शासन तथा सामुदायिक कार्यक्रमलाई नै जान्छ । वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रको स्थापनाले जिल्लाका धेरै दलित समुदायमा परिवर्तन देखिएको छ । सामुदायिक कार्यक्रमले चेतनामुलक तालीम तथा गोष्ठी संचालन गर्नुमात्र होइन दलीत समुदायलाई प्राथमिकतामा राखेर आयआर्जनका कामहरु गरिरहेको कार्यक्रम प्रमुख विजय गुप्ताको भनाइ छ । ‘दलितको नेतृत्वमा धेरै बस्तीहरुले मुहार फेरेका छन, सामाजिक परिचालकहरुले उनीहरुलाई उज्यालो बाटो तर्फ डोहो¥याइरहेका छन, उनले भने । दलीत समुदायले सामुदायिक कार्यक्रम अन्तर्गत सिपमुलक तथा चेतनामुलक तालीम, आयमुलक कार्यका लागी सहुलियत दरको ऋण समेत पाउने गरेका छन् । अधिकांस दलीत समुदायहरुको आर्थिक अवस्था कमजोर भएकाले विभिन्न समुहहरु गठन गरेर आयआर्जनका कामहरु भइरहेको प्रमुख गुप्ताले जानकारी दिए । दलीत समुदायमा लक्षित गरेर चेतनामुलक कार्यक्रमले धेरैलाई संगठित पनि गराएको छ । स्थानीय नागरिक सचेतना केन्द्रका संयोजक बीर बहादुर अछामी भन्छन–‘चेतनामुलक तालीम पाए पछि सबै दलीतहरु जन्म, मृत्यु, विवाह दर्ता गराउन गाविस कार्यालयसम्म स्वतःस्फूर्त रुपमा पुग्न थालिसकेका छन, अझ महिलाका शारिरीक समस्याहरुका बारेमा खुलेर बहस गर्नसक्ने भएका छन् ।’ उनले भनेः सचेतना केन्द्रमा न्यून बजेट भएकाले सोचेअनुरुप काम गर्न सकिएको छैन ।’ विवाह गरेर बुहारी बनेको महिलाहरुलाई गर्ने व्यवहारमा पनि व्यापक परिवर्तन आइसकेको अछामीको बुझाइ छ । छोरी–बुहारीलाई समान व्यवहार हुन थालेको उनले स्विकारे । नागरिक सचेतना केन्द्र अन्तर्गत जिवीकोपार्जन सुधार योजना, घुम्ती कोष मार्फत आयआर्जनका कार्यक्रम, साना पूर्वाधार योजनाहरुमा दलीत समुदायबाट अनिवार्य उपस्थिति हुने गर्छ । जसका कारण उनीहरुलाई समाजको नेतृत्व तहमा ल्याउन सहयोग पु¥याइरेको सामाजिक परिचालक रामबहादुर थिङ बताउँछन । ‘गाउँमा दलीतलाई स्थान दिनुहुँदैन भन्ने भावना नै छैन, सबैलाई समान रुपले हेर्ने गरिन्छ’उनले भने । सिन्धुली जिल्लामा ५० गाविस र दुई नगरपालिका छन् । २०६८ सालमा स्थानीय शासन तथा सामुदायिक कार्यक्रम लागु भएपछि दलित मात्र होइन सिङ्गो समाज नै परिवर्तनको बाटोमा उन्मुख भएको छ । स्थानीय विकास अधिकारी प्रदिपकुमार निरौला भन्छनः ‘हाम्रो लक्षित समुदाय भनेकै दलित, महिला, विपन्न बर्ग हुन, उनीहरुमा नै केन्द्रित रहेर हामीले विभिन्न कार्यक्रम संचालन गरिरहैका छौं ।’

Comments

Top