​खेलकूदमा २ अर्ब ७ करोड बजेट

ramasaran 2काठमाडौँः आर्थिक वर्ष २०७२/७३ का लागि खेलकूदमा २ अर्ब ७ करोड रुपैयाँको बजेट विनियोजन भएको छ । बजेटले मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानका लागि ११ करोड रकम बिनियोजन गरेको छ।

धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि पनि सरकारले बजेट छुट्याएको छ। सरकारले अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिएको छ। सरकारले बजेटमार्फत उत्कृष्ट खेलाडीहरुको बीमा गर्ने व्यवस्था गरेको छ।

बजेटमा खेलकुदको विकासका लागि ४ हजार सामुदायिक विद्यालयहरुका लागि १० हजार रुपैयाँका दरले खेल सामग्री उपलब्ध गराउने उल्लेख छ।

Comments

Top