कन्सलटेन्सीहरुमाथि लाग्ने गरेको प्रतिभा पलायनको आरोप विल्कुलै गलत हो

khem  rajशिक्षा र काममा दक्षता हासिल गरेको व्यक्ति जुनसुकै स्थानमा पनि उपयुक्त मानिन्छन् । धरै रकम खर्च गरेर नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाँदा करौडौ रुपैयाँ विदेशिएको छ नि ? भन्ने प्रश्नमा फरक मत राख्दै नबुझ्नेहरुले मात्र यस्तो भन्ने गरेको दावी गर्नुहुन्छ एक्सपर्ट एजुकेशन भिजा सर्भिसेजका निर्देशक खेमराज संगौला । कन्सलटेन्सीहरुमाथि लाग्दै आएको प्रतिभा पलायनको आरोप पनि गलत भएको उहाँको भनाई छ । उच्च शिक्षाका लागि विदेश पुगेका विद्यार्थीलाई कन्सलटेन्सीहरुले स्वदेश फर्काउन पहल गर्ने भन्दा पनि विद्यार्थीले गरेको लगानी र परिश्रमको प्रतिफल नेपाल आएर पाउँछ कि पाउँदैन र सरकारले त्यस्ता विद्यार्थीका लागि उपयुक्त स्थान दिन सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुने निर्देशक संगौला बताउनुहुन्छ । उच्च शिक्षाका लागि अष्टे«लिया जाने विद्यार्थीलाई एक्सपर्टले दिने सेवा तथा सुविधा, एक्सपर्टले गर्दै आएको काम र अन्य विविध विषयमा निर्देशक संग्रौलासँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी : खेमराज संग्रौला, निर्देशक–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस ० एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस कस्तो संस्था हो ? – एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस एउटा यस्तो संस्था हो, जसले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दछ । हामीले विषेश गरेर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएका छौं । हाम्रो हेड अफिस अष्ट्रेलियाको सिड्नीमा रहेको छ । यसको स्थापना सन् २००३ मा भएको हो । नेपाल र अष्ट्रेलियामा गरी हाम्रो आठवटा शाखा कार्यालयहरु रहेका छन् । एक्सपर्टको अष्टे«लियाको ब्रिजवेन, मेलवर्न र नेपालमा काठमाडौं, चितवन, बुटवल तथा पोखरामा शाखा कार्यालय रहेका छन् । हामीले अब एक महिना भित्रमा विर्तामोडमा पनि शाखा कार्यालय स्थापना गर्दै छौं । ० एक्सपर्ट आएका विद्यार्थीहरुले के कस्तो सुविधा पाउँछन् त ? – हामीले परामर्शका साथसाथै एउटै छानामुनी रहेर उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई आवश्यक सम्पूर्ण सेवा र सुविधा प्रदान गर्दै आएका छौं । हामीसँग अष्ट्रेलियाको माइग्रेसन रजिष्टर्ड एजेन्ट, रजिष्टर ट्याक्स अडिटर्स तथा कानुन व्यवसायीहरु हुनुहुन्छ । ० एक्सपर्टबाट हालसम्म कति विद्यार्थीले सेवा लिए छ ? – हामीले १२ हजार भन्दा बढी विद्यार्थीलाई अष्ट्रेलिया र नेपालबाट सेवा प्रदान गरिसकेका छौं । ० एक्सपर्टले अन्य के–के काम गर्दै आएको छ ? – नेपालमा हामीले विशेष गरेर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई धेरे भन्दा धेरै बुझ्ने र छान्ने अवसर प्रदान गर्छौं । विद्यार्थीको इच्छा, चाहना र आर्थिक अवस्था अनुसार उसले अध्ययन गर्ने विषयको बारेमा पनि हामीले जानकारी प्रदान गर्दै आएका छौं । यतिमात्र होइन, अष्ट्रेलियामा अध्ययन पश्चात उसको शिक्षा अनुसारको जागिरको लागि पनि एक्सपर्टले काम गर्दै आएको छ । अष्टे«लिया बस्न चाहने हो भने पिआरका लागि आवश्यक कार्य, उसले काम गरेको अवस्थामा ‘ट्याक्स रिटर्न’ को विषयमा आवश्यक जानकारी लगायतका काम एक्सपर्टले गर्दै आएको छ । यदि नेपाली विद्यार्थी अष्ट्रेलियामा घर किन्न चाहन्छ भने पनि हामीले उसलाई त्यो सुविधा प्रदान गर्दछौं । एक्सपर्टले अष्ट्रेलियामा रियल स्टेटको पनि काम गर्दै आएको छ । हामीले अहिले अष्ट्रलियामा फाइनान्सको समेत स्थापना गरेर काम गर्दै आएका छौं । ० एक्सपर्ट आइपुगेका विद्यर्थीहरु कुन–कुन देश जान सक्छन् ? – हामी अष्ट्रेलियाको स्पेसलिस्ट हौं, त्यसैले अष्ट्रेलियाको बारेमा मात्रै जानकारी राख्छौं । जसका कारण हामीले अष्ट्रेलिया मात्र पठाउँछौं र त्यसमा मात्र केन्द्रित भई परामर्श प्रदान गर्दछौं । ० एक्सपर्टको संरचना कस्तो छ ? – एक्सपर्टको संरचनाको बारेमा कुरा गर्दा नेपालका पाँचवटा शाखालाई काठमाडौंले सञ्चालन गर्दछ । जसलाई म आफैले हेर्दै आएको छु भने अष्ट्रेलियामा रहेका शाखाहरु सिड्नी कार्यालय मातहतमा रहेर सञ्चालन हुँदै आएका छन् । त्यहाँ बद्री अर्याल र सञ्जीव शर्माले हेर्दै आउनु भएको छ । उहाँहरु दुबैजना रजिष्टर्ड माइग्रेसन एजेन्ट पनि हुनुहुन्छ । ० विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाँदा एकातिर श्रम शक्ति विदेशिएको छ भने अर्कोतर्फ वार्षिक अरबौं रुपैयाँ विदेशिएको छ, यसबाट नेपाललाई घाटा भएको छैन ? – यस विषयमा मेरो फरक धारणा छ । सिधा तरिकाले हेर्दा त्यस्तो देखिए पनि बास्तविकता भने त्यो होइन । म कन्सलटेन्सी सञ्चालकको हैसियतले के भन्छु भने हामी परामर्शदाताहरुले विद्यार्थीहरुलाई उच्च शिक्षा आर्जनका लागि पठाउँछौं । उनीहरु शिक्षित पनि हुन्छन् जुन विश्वको कुनै पनि देशमा मान्यता प्राप्त हुन्छ । अष्ट्रेलियाको बारेमा कुरा गर्ने हो भने अष्ट्रेलियाले विद्यार्थीहरुलाई कोर्ष पूरा भइसकेपछि दुई वर्ष काम गर्ने अवसर प्रदान गर्दछ । जसले गर्दा विद्यार्थीले अष्ट्रेलियामा पढ्ने अवसरसँगसँगै काममा दक्षता पनि हासिल गर्दछन् । शिक्षा र काममा दक्षता हासिल गरेको व्यक्ति नेपालका लागि यूजफूल हुन्छ कि घातक ? यो एउटा पक्ष भयो भने अर्को पक्ष भनेको जो विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया गएको थियो, उ त्यतै बस्यो र नेपाल फर्किएन भने पनि कुनै बेला त्यो व्यक्ति नेपालमा पनि काम लाग्न सक्छ नि । जस्तैः भूकम्पकै कुरा गर्दा यस्तो विपतको अवस्थामा एउटैले पाँच करोड सहयोग गर्ने घोषणा गरेका व्यक्ति को हुन्, तिनै शेष घले होइनन् ? ति पनि त अष्ट्रेलियामा नै घरजाम गरेर बसेका व्यक्ति हुन् नि । उनी पनि त विद्यार्थीकै रुपमा रुपैयाँ खर्च गरेर गएका व्यक्ति होइनन् र ? अब तपाई आफै भन्नुस् कसरी भयो नेपाललाई घाटा ? त्यसकारण नबुझ्नेहरुले मात्र यस्तो भन्छन् जस्तो मलाई लाग्छ । कन्सलटेन्सीहरुमाथि प्रतिभा पलायन गर्ने भनेर जुन आरोप लगाइन्छ, त्यो विल्कुलै गलत हो । ० अष्ट्रेलियामा विद्यार्थीहरुले घर किन्न चाहेको खण्डमा त्यसको सुविधा समेत प्रदान गर्ने भन्नुभयो, नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउन चाहिं एक्सपर्टले के कस्तो काम गर्दै आएको छ ? – हामीले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया गएपछि उतै बस्नुपर्छ, नेपाल आउन हुँदैन भनेर घर किन्न सहयोग गर्ने भनेको त होइन नि । यदि सम्पन्न परिवारको व्यक्ति त्यहाँ रहेसम्म आफ्नै घरमा बस्न चाहन्छ भने उसलाई त्यो सुविधा प्रादन गर्दछौ मात्र भनेका हौं । अब कुरो रह्यो नेपाल फर्कने र फर्काउने । नेपाली विद्यार्थीलाई हामीले स्वदेश फर्काउने भन्दा पनि उसले गरेको लगानी र परिश्रमको प्रतिफल नेपाल आएर पाउँछ कि पाउँदैन र सरकारले त्यस्ता विद्यार्थीका लागि उपयुक्त स्थान दिन सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । ० गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण कन्सलटेन्सी क्षेत्रमा कत्तिको असर प¥यो त ? – विनाशकारी भूकम्पछि असर त मुलुकमा नै परेको छ । यो क्ष्ँेत्रमा परेन भन्न सकिन्न । त्यसपछि केही समय हामी होल्ड हुनु परेको चाहिं पक्कै हो तर भूकम्पले यस क्षेत्रलाई धेरै असर गरेको छ जस्तो मलाई लाग्दैन । भिजा प्रक्रिया ढिलो हुँदा विद्यार्थीले पुनः अर्को डकुमेन्ट तयार गर्नु परेको अवस्था पनि छ । विद्यार्थीहरुले जुन घर देखाएर ऋण लिएका थिए, त्यो घर छ कि छैन भन्ने प्रश्न अहिले उब्जिएको छ । केही समय ढिलो भएको हो तर धेरै असर परेको छैन । जो विद्यार्थी एक्सपर्टबाट विदेश जाँदै थिए, उनीहरु भने यो समस्यामा परेनन् । ० इक्यानको नवौं मेला भर्खरै सम्पन्न भयो, त्यसबाट एक्पर्टलाई कस्तो फाइदा पुग्यो त ? – एक्सपर्ट इक्यान मेलामा व्यापार गर्न गएको पक्कै होइन । हामी उपस्थिति जनाउन त्यहाँ पुगेका हौं । एक्सपर्टलाई व्यापार बढाउन शैक्षिक मेलामा जान आवश्यक छैन । हामीले दिएको सेवा र सुविधाका कारण एक जना विद्यार्थीले नै हामीकहाँ चार जनालाई पठाइरहेका छन् । आज भन्दा झण्डै १२ वर्ष अघि चार जना कर्मचारीबाट शुरु गरेको यो कार्यालयमा अहिले नेपालमा मात्र पाँचवटा शाखा विस्तार गरी झण्डै एक सय कर्मचारीसँगै रहेका छन् । यो सफलताको मुख्य कारण भनेको हामीले दिएको सेवा र सुविधा नै हो । शैक्षिक मेलाबाट हामी धेरै विद्यार्थीको अपेक्षा गर्दैनौं । हामी पनि छौं भन्नका लागि हामी त्यहाँ पुगेका हौं । मेला अघि पनि एक्सपर्टमा विद्यार्थीको फ्लो राम्रो थियो भने मेला पछि पनि राम्रै भएको छ । ० उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ? – विद्यार्थी मात्र होइन, अभिभावकलाई पनि म के सल्लाह दिन चाहन्छु भने यो जीवनको बारेमा गर्ने निर्णय भएकाले सोचेर, बुझेर मात्र निर्णय लिनुस् । आफ्नो सन्तानप्रति अभिभावकहरुले पनि ठूलो सपना देखेका हुन्छन् र विद्यार्थीले पनि भविश्यको बारेमा सोचेका हुन्छन् । यस्तो अवस्थामा तपाईले गर्ने निर्णयमा कहिं कतै चुक्नुभयो भने त्यो घातक हुन सक्छ । काठमाडौंमा धेरै कन्सलटेन्सीहरु रहेका छन् । तर सहि कुन हो भनेर विद्यार्थीहरुले छान्न सक्नुपर्छ । अहिले भनेको इन्टरनेटको जमाना हो । विद्यार्थी आफैले पनि रिसर्च गर्न सक्छन् । आफूले पढ्ने विषय, त्यो विषय अध्ययन पश्चातको फाइदा, आफ्नो आर्थिक अवस्थालगायतका सबै विषयमा सोच्नु पर्छ । यो विषयमा स्वमय् विद्यार्थी र अभिभावक दुबैले सोच्नु आवश्यक छ ।

Comments

Top