नेपाल अमेरिकासँग भिड्दै

criketकाठमाडौँः आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दैछ । नेपाली टोलीले आज नेपाली समय अनुसार बेलुका ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्दैछ । प्रतियोगितामा विभिन्न १४ राष्ट्रको सहभागिता छ । नेपाली खेलाडीको जितको तयारीका साथ मैदानमा उत्रिदै छन् । नेपालले समूह चरणको खेलमा अमेरिकासहित हङकङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स (युएई), स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । प्रतियोगितामा शीर्ष छ भित्र पर्नसके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ ।

Comments

Top