नेपाल २०–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरीयतामा

काठमाडौँः नेपाल पहिलो पटक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरीयतामा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपाल १५ औ स्थानमा परेको छ । विश्व वरियतामा प्रवेश गर्न कुनैपनि टोलीले कम्तिमा ८ वटा ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्नेछ । नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप क्रिकेटमा तीन खेल खेलेको थियो । ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रियको सुरुवाती ८ खेलमध्ये नेपाल तीनमा विजयी भएको छ भने ५ खेलमा पराजित भएको छ । बरीयतामा अन्य एसोसिएट्स राष्ट्रमा आयरल्याण्ड १३ औ र नेदरल्याण्ड्स १२ औं स्थानमा छ । यसैगरी अफगानिस्तान एघारौं तथा स्कटल्याण्ड दशौं स्थानमा छन् । ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रियको शीर्ष स्थानमा श्रीलंका रहेको छ ।

Nepal Cricket Team

Comments

Top