असार ३० गते बजेट आउने

budgetकाठमाडौँः आर्थिक वर्ष २०७२/७३ को बजेट असार ३० गते व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने अर्थमन्त्रालयले तयारी गरेको छ । सरकाले नीति तथा कार्यक्रम भने २३ गते बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गदै छ । नीति तथा कार्यक्रम पारित भएपछि असार ३० गते बुधबार बजेट ल्याउने तयारी भएको अर्थमन्त्रालयले जनाएको छ । राष्ट्रिय योजना आयोगले दाता सम्मेलन अघि नै आगामी वर्षको बजेटका लागि ८ सय ४१ अर्ब रुपैयाँको सिलिङ तोकेको छ । दाता सम्मेलन पछि सरकारलाई थप वित्तीय स्रोत उपलब्ध भएको छ ।

Comments

Top