जन्मदिनमा गरिने खर्च अव सामाजिक सेवामा

सुवासराज पन्तः पर्वत बाँसखर्कका एक दम्पतीले आफ्नो जन्मदिनमा खर्च हुने अनुमानित रकम आफ्नो बाबु आमाको नाममा अक्षय कोष स्थापना गर्ने जनाएका छन् । बाँसखर्क गाविस वडा २ स्थाई घर भई हाल अमेरिकामा रहेका धिरेन्द्र न्यौपाने र राधा न्यौपानेले वर्षेनि पर्ने जन्मदिनमा हुने अनुमानित खर्च तिर्थलाल हरिकला सहयोगि मन नामक अक्षयकोषमा जम्मा गर्नेबताएका हुन् ।

बाबु तिर्थलाल न्यौपाने र आमा हरिकलादेवी न्यौपानेको सामाजिक सेवा गर्ने सोचलाई पुरा गर्न सो कोषको स्थापना गरेको उनीहरुले बताएका छन् । यहि असार १९ गते जन्मदिन परेका न्यौपानेले सोही दिनमा १५ हजार १ सय रुपैँया जम्मा गरि सो कोषको सुरुवात गरेका छन् ।Dhirendra

नेपालमा रहेका गरिव तथा जेहेन्दार विद्यार्थी, विपत्तिमा परेका सहाराविहिन व्यक्ति एवं आर्थिक अवस्थाका कारण उपचारको अभावमा परेका दयनिय जुनसुकै नेपाली नागरिकलाई पनि राहात स्वरुप रकम प्रदान गर्न सकिने गरि सो कोषको स्थापना गरिएको संयोजक द्धय न्यौपानेको भनाई छ ।

यस कोषमा वर्षेनि रकम थप गर्दै जाने र आगामि दिनमा परिवारका २० वर्ष माथिका सबै सदस्यहरुको जन्मदिनको अवसरमा सोही अनुपातमा रकम थपिँदै जाने गरि तयारी भैरहेको उनले जानकारी दिए । दाजुहरु विरेन्द्र, दिपेन्द्र र भाई कविन्द्रसँगको सहकार्यमा कोषलाई वृहत बनाउने योजना अगाडि बढाइएको छ । विदेशि भुमिमा भएपनि आफ्नो जन्मभुमिमा केही गर्नुपर्छ भन्ने उद्देश्यले अभियान सुरुगरेको दम्पतिले बताएका छन् ।

नेपालमा रहेका उनका आमाबुवा, दाजुभाइ तथा साथीहरुको सल्लाह सुझाव र व्यक्ति छनोटको आधारमा कोषको एक वर्षमा २० प्रतिसतका दरले नघट्ने गरि सामाजिक सेवामा रकम खर्चने गरि कोष नियमावली बनाउने तयारी गरिएको छ । कोषको रकम बागलु रामरेखामा रहेको नवरामरेखा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाको खातामा रहने छ । पर्वत स्थायी घर भएपनि बागलुलाई कार्यथलो बनाएका न्यौपाने पे्रस युनियन बागलुको कार्यसमिति सदस्य, रोट्याक्ट क्लव अफ बागलुका प्रस्तावित अध्यक्ष, सेभ द युथ बागलुका संस्थापक सहसचिव लगायत अन्य विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर काम गर्दैआएका छन् ।

Comments

Top