निःशुल्कले कामदारको ५० अर्ब जोगिने

baidesik rojgarकाठमाडौँः वैदेशिक रोजगारीमा टिकट र भिसा निःशुल्क ब्यवस्था कार्यान्वयन भए कामदारको वाषिर्क करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ । अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिब्यक्ति एक लाख २० हजार रुपैंयाँ तिर्ने गरेका छन् ।

टिकट र भिसा निःशुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औषतमा २० हजार रुपैयाँ मात्र तिरे पुग्नेछ । बाँकी एक लाख रुपैयाँ प्रत्येक कामदारको जोगिन्छ । वाषिर्क पाँच लाखभन्दा बढी वैदेशिक रोजगारीमा जान्छन् । गत वर्ष कुल पाँच लाख २७ हजार आठ सय २४ जना विदेशिएका थिए । गत वर्ष गएको संख्यालाई आधार मान्दा ५२ अर्ब ७८ करोड १४ लाख कामदारको जोखिन्छ । कुल विदेशिनेमा खाडी र मलेसियामा जाने कामदारको हिस्सा ९५ प्रतिशत हाराहारीमा छ । गत वर्ष गएको संख्यामा पाँच प्रतिशत काम गर्दा पनि कामदारको ४८ अर्ब बढी बचत हुने अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित