चुनाव हार्ने भएपछि पाण्डेबिरुद्द तल्लो स्तरको गालीमा उत्रिए प्रचण्ड

चितवन। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले ‘फेसबुक’ मार्फत अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् ।

  चुनाव हार्ने भएपछि प्रचण्ड आफुबिरुद्द तल्लो स्तरको प्रचारमा लागेको पाण्डेको आरोप छ । भरतपुर–२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै पाण्डेले भने, - 'मैले निकुञ्जहुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ति सबै काम मैले गरेको भनेर फेसबुकमा राखेका छन् ।'

 उनले सामाजिक सञ्जालमा आँफुले साविक निर्वाचन क्षेत्रमा गरेका विकासका कामलाई समेत आँफैले गरेको भन्दै अनावश्यक प्रचार गरेर जनता झुक्याउन उद्धत भएको बताए । नेता पाण्डेले द्वन्दकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्नेबेला नबिर्सन कार्यकर्तालाई अनुरोध गरेका छन् ।

 परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए । ऋण लगाएर बसेका बेला भएपनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ ? , नेता पाण्डेले भने, - ' कांग्रेस, एमालेसीत मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुप-यो ?  सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।'

 

प्रतिक्रिया

सम्बन्धित