फिफा अध्यक्षमा म्याराडोनाको उम्मेदवारी

ब्युनोस आयर्सः अर्जेन्टिनाका एकजना वरिष्ठ फुटबल खेलाडी डियागो अर्मान्डो म्याराडोनाले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । केही समय यतादेखि विश्वमै विवादास्पद बनेको सो पदका लागि म्याराडोनाको उम्मेदवारीको समाचार अर्जेन्टिनाको एक दैनिक पत्रिकाले सार्वजनिक गरेको हो । म एकजना उम्मेदवार हुँ, फुटबलका पूर्व खेलाडी एवम् प्रशिक्षक समेत रहेका तथा फुटवल संसारका प्रखर व्यक्ति म्याराडोनाले भन्नुभयो । म्याराडोना यसअघिको फिफाको नेतृत्वका सबैभन्दा बढी आलोचक हुनुहुन्थ्यो । स्वीट्जरल्यान्डका नागरिक निवर्तमान अध्यक्ष सेप ब्लाटरको आलोचनामा म्याराडोना खरो उत्रिनुभएको थियो । फिफा संगठनमा भएको भनिएको कयौँ अनियमितता र भ्रष्टाचारमा सो संगठन मुछिएपछि ब्लाटरले गएको मे महिनामा राजिनामा दिएका हुन् । त्यस विषयमा अनुसन्धान जारी रहेको छ । भेनेजुयलाका राष्ट्रपति निकोलास मुद्रोले म्याराडोनालाई उक्त पदमा उम्मेदवारीका लागि प्रस्ताव गर्नुभएको बताइएको छ ।

[caption id="attachment_19307" align="alignleft" width="585"]Argentina head coach Diego Maradona blows a kiss before the World Cup group B soccer match between Argentina and Nigeria at Ellis Park Stadium in Johannesburg, South Africa, on Saturday, June 12, 2010. (AP Photo/Martin Meissner) Argentina head coach Diego Maradona blows a kiss before the World Cup group B soccer match between Argentina and Nigeria at Ellis Park Stadium in Johannesburg, South Africa, on Saturday, June 12, 2010. (AP Photo/Martin Meissner)[/caption]

Comments

Top