बार्सिलोनाद्वारा गोलको वर्षा

काठमाडौं । स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसविरुद्ध ५-० को सानदार जित निकालेको छ । खेलमा मेस्सी र स्वारेज चम्किँदा बार्सिलोनाले रियल बेटिसमाथि गोल वर्षा गरेको हो। ला लिगाको यस सिजनको २० औं खेलमा बार्सिलोनाले रियल बेटिसविरुद्ध ५-० को सानदार जित निकाल्न सफल भएको हो।

रियल बेटिसको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोनाका लागि मेसी र सुवारेजले २/२ गोल गरे भने इभान राकिटिकले १ गोल गरे।

पहिलो हाफ गोल रहित बरारीमा सकिएको खेलमा बार्सिलोनाका लागि ५९ औं मिनेटमा इभान राकिटिकले खाता खोलेका थिए। मेसीले ६४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको चार मिनेटपछि स्वारेजले गोल थप्दै बार्साको अग्रता ३-० मा पुर्‍याए। खेलको ८०औं मिनेटमा मेसी फेरि गोल गर्दा ८९ औं मिनेटमा स्वारेजले समेत गोल गर्दै टिमलाई ५-० को जित दिलाए।

२० खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थान रहेको बार्सिलोनाको ५४ अंक पुगेको छ । दोस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ११ अंकले र तेस्रो स्थानको भ्यालेन्सिया भन्दा १४ अंकले अग्रता बनाएको छ। समान २० खेलबाट यथ्लेटिको मड्रिडको ४३ अंक र भ्यालेन्सियाको ४० अंक रहेको छ। एक खेल कम खेलेको रियल मड्रिड ३५ अंकसहित चौथो स्थानमा खुम्चिएको छ।

प्रतिक्रिया

सम्बन्धित