वामपन्थीबीचको एकता भाँडन बिभिन्न तत्वले षडयन्त्र गरेको प्रचण्डको आरोप

prachanda1

 महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन् । 

 महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताए।

। अध्यक्ष प्रचण्डले वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेपरेको आरोप लगाए ।

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्ष प्रचण्डले बताए। इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत प्रचण्डको भनाइ थियो ।

Comments

Top