पार्टी एकीकरणसँगै नेकपालाई विप्लव माओवादीको चेतावनी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । सोमबार साँझ भएको सहमति अनुसार दुई पार्टी एक हुने र नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिने छ ।

तर, आज नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीले भने आफ्नो पार्टीको नाम चोरेर एमाले–माओवादीले राजनीतिक संस्कार नदेखाएको भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याई गरेको आरोप लगाउँदैवैचारिक र सांस्कृतिक रुपले प्रतिकार गर्ने जनाएको छ । तर, विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको छैन ।

Comments

Top