मनोज पुन इन्काउन्टरमा मारिनु अघि नै यसरी बचाइएको थियो गौचनका हत्यारा समिरमानलाई

punmanoj

बुटवल। केही दिन अघी हत्या र फिरौती असुलीका मास्टरमाइण्ड गुन्डा नाइके मनोज पुनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले भारतको गोवाबाट पक्राउ गरेको समाचारले सनसनी मच्चियो। मनोज पुन पक्राउ परेको र प्रहरी इन्काउन्टरबाट जोगिएको भन्ने समाचार बाहिरिएपछी सिआईबी टोली नै अन्योलमा पर्‍यो ।

 स्रोतका अनुसार पुनका पार्टनर गुण्डा नाइके समिरमान बस्नेतका नाताले दाई पर्ने डिएसपी कुमोद ढुङगेलले मनोज पुनको इन्काउन्टरमा समन्वयकारी भूमिका खेलेका थिए । ढुङगेलकै सेटिङमा बस्नेतलाई इन्काउन्टरबाट जोगाएर सिअाइबिको टोलीले अचानक सार्वजनिक गरेपछि सरद गौचन हत्याको  छानविन समिती नै चकित परेको थियो ।

तर, आज बिहान पुन सहयोगी सोम आलेसहित प्रहरी इन्काउन्टरमा मारिए। स्रोतका अनुसार बस्नेतकै सुचनाको आधारमा मनोज पुनलाई भारतको गोवाबाट प्रहरीले नेपाल ल्याएको थियो। प्रहरीले भने पुनको समूह नेपाल आएको सूचनाका आधारमा खोजी अभियान चलाउँदा लुकिछिपी बसेको पुनको समूहले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा पुन सहित आलेको मृत्यु भएको दाबी गरेको छ ।

 मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए। गत पुसमा उनले फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका थिए। २०७२ पुसमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा समेत उनैले लिएका थिए। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीको भनाई छ। तर, सिअाईबी र डिअाईजी गणेश केसीको छानविन समितीले भने निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार बस्नेत रहेको निश्कर्श निकालेको थियो। पुन मारिनु र बस्नेत जेल भित्र रमाउनुलाई गुण्डामाथिको भेदभावका रुपमा लिइएको छ भने गौचन समुह अझै सक्रिय हुहुने खतरा पनि देखिएको छ । किनकी गौचन हत्यामा संलग्न लोप्साङ राइ,सुटर अम्वर राना र बस्नेतका नातेदार रोशन बुढाथोकी अझै फरार छन् ।  

Comments

Top