आईतवार मात्रै सरकार विस्तार हुने, को बन्ला गृहमन्त्री ?

grighamaiost

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आईतवार मात्रै सरकार विस्तार हुने बताएका छन् । अध्यक्ष प्रचण्डले शुक्रबार पत्रकारहरुसँग संक्षिप्त छलफल गर्दै सरकार विस्तार आइतबारै मात्रै हुनसक्ने सम्भावना रहेको बताएका थिए ।

 माओवादी केन्द्रभित्र गृहमन्त्रालयको जिम्मेवारीमा कसलाई पठाउने भन्ने सम्बन्धमा चर्को विवादका कारण सरकार विस्तारमा ढिलाई भइरहेको छ । प्रचण्डले सरकार विस्तारका विषयमा नेकपा एमालेसँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

 नयाँ सहमति अनुसार माओवादी केन्द्रले सात वटा मन्त्रालय, उपराष्ट्रपति, सभामुख प्राप्त गर्ने भएको छ । सरकारलाई पूर्णता दिने क्रममा केही समय लागेको प्रचण्डले स्वीकार गरेका छन् । उनले सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएपनि तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरेर देखाउने विश्वास अध्यक्ष प्रचण्डले व्यक्त गरे । 

 माओवादी केन्द्रभित्र गृहमन्त्रीका लागि चर्को बिबाद छ। गृहमन्त्रीको दाबी गरिरहेका नेताहरु बर्षामान पुन 'अनन्त', जनार्दन शर्मा 'प्रभाकर' र राम वहादुर थापा 'बादल' लाई मिलाउन नसक्दा प्रचन्डलाई अप्ठ्यारो भइरहेको छ ।  

Comments

Top