स्वारेजको ह्याट्रिकसँगै बार्साको आधा दर्जन गोल

काठमाडौं । अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६–१ गोल अन्तरले हराएको छ । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तरm त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपे ।

त्यसपछि त जिरोनाको पोस्टमा बार्सिलोनाले गोल वर्षा नै गर्‍यो । पहिलो हाफमै नतिजा ४–१ को अवस्थामा भयो । मेस्सीले ३० र ३६ मिनेटमा दुई गोल गरे भने स्वारेजले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफ सुरु भएपछि ६६ औं मिनेमा कोन्टिन्होले र ७६ औं मिनेटमा स्वारेजले हृयाट्रिक पूरा गरे । त्यसपछि थप गोल हुन सकेन र बार्सिलोना ६–१ ले विजयी भयो ।
यो सिजनको ला लिगामा २२ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा र २० गोल गरेका स्वारेज दोस्रो नम्बरमा छन् । यसैबीच अर्को खेलमा रियल मड्रिडले घरेलु मैदानमा अलाभेजलाई ४–० ले हराएको छ । रियल मड्रिडलाई जिताउन क्रिस्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेल र करिम बेन्जिमाले १–१ गोल गरे ।

यता, इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा लिभरपुलले २९ औं मिनेटबाटै अग्रता लिएको थियो । पहिलो गोल एम्र क्यानले गरेका थिए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्‍यो । अरु तीन गोल मोहम्मद सालह, रोबर्टो फिरमिनो र साडिओ मानेले गरे । वेष्ट हृयामका लागि एन्टोनियोले ५९ औं मिनेटमा सान्त्वना एक गोल फर्काए ।

यो जितपछि लिभरपुल म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । २८ खेल खेलेको लिभरपुलको ५७ अंक छ भने समान खेल खेलेको म्यानचेस्टर युनाइटेडको ५६ अंक छ ।

पहिलो स्थानमा भने म्यानचेस्टर सिटी छ । २७ खेल खेलेर उसले ७२ अंक जोडेको छ । गएराति नै भएको अर्को खेलमा पनि ब्राइटनले स्वान्सी सिटीलाई ४–१ ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित