सरकार बिस्तार गर्दै प्रधानमन्त्री ओली, अझै टुंगो लागेन नाम

prachanda-kp-oli

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।
ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हँुदा टुंगो लगाउन सकेका थिएनन्।

प्रधानमन्त्रीले पार्टीबाट मन्त्रिपरिषद्मा पठाउने नेताहरूको नामका विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसँग पनि आइतबार छलफल गरेका थिए।

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन। दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महत्वपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

Comments

Top