ओलीले गरे मन्त्रिमण्डल विस्तार: पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ

mantriharu

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर दोस्रो पटक मन्त्रिमण्डल गरेका छन् । ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ । एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् ।

 चारै जनाले अहिले राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् । पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने पूर्व गर्भनर डा.युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीबाट बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश स् वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

Comments

Top