राष्ट्रपतिसमक्ष ठाकुर र भट्टले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यद्वयले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका तारादेवी भट्ट र प्रतिनिधिसभामा महन्थ ठाकुरलाई शपथ ग्रहण गराएकी हुन्।

ठाकुरले मैथली भाषामा शपथ ग्रहण लिएका थिए भने भट्टले नेपाली भाषामा शपथ लिएकी हुन्। भट्ट नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुन् भने ठाकुर राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक हुन्।

Comments

Top