७ व्यक्तिको हत्या गरी फरार सकिललाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

sakilinterepool

 काठमाडौं । नेपाल प्रहरीले सात जना व्यक्तिको हत्या गरी २०६४ सालदेखि फरार सिरियल किलर सकिल हुसेन मियाँलाई कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ ।  सकिललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) कतार सँग  समन्वय गरी आइतबार नेपाल ल्याइएको हो।

 प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल टिकुलिया–७, सप्तरीका हुन् । उनले आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेका थिए । सप्तरीको मलनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्यामा पनि उनी सँलग्न थिए ।

  १० असोज ०६९ मा उनले पटेरवा–१ मा रहेका सुसुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० सालमा भएको दुलारी शाह र त्रिकौल गाविसको निर्मलादेवी शाहको हत्यामा पनि उनी संलग्न थिए  ।

Comments

Top