कांग्रेसका नेता खड्काको निवासमा बिहानैदेखि घुइँचो

khumbdr

 काठमाडौं। नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको निवास ललितपुरमा बिहानैदेखि घुइँचो लागेको छ ।

खड्काको शव मध्यराति काठमाडौं ल्याइपछि आफन्त र शुभेच्छुकहरू ललितपुरको सानेपास्थित निवासमा पुगेका हुन् । आज बिहानै पुगेर शुभेच्छुक र आफन्तले खड्काप्रति श्रद्धाञ्जलि दिएका छन् ।

खड्कालाई श्रद्धाञ्जलि दिन उनको गृहजिल्ला दाङबाट पनि शुभेच्छुकहरू सानेपास्थित निवासमा आइपुगेका छन् । खड्काको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।

खड्कालाई आजै पशुपछि आर्यघाटमा अन्तिम दाहा संस्कार गर्ने कार्यक्रम रहेको आफन्तले जनाएका छन् ।

Comments

Top