भूकम्प पीडितप्रति उदार देखिए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताएका छन् । भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि खासै काम गर्न नसकेको प्रधिकरणको कामप्रति प्रधानमन्त्री पनि असन्तुष्ट भएका हुन् । प्राधिकरण परामर्श समितिको बैठकलाई आइतबार साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानामा आलटाल नगरी अघि बढाउन निर्देशन समेत दिएका छन्।

प्रधानमन्त्री ओलीले भने–‘निर्माणको काम धिमा गतिमा भयो, यसलाई गति दिनुपर्छ।’ कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भन्दै सरकारले दिने अनुदान रोक्नु जायज नभएको ओलीको भनाई छ। ‘भूकम्पको गएको तीन वर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन’ प्रधानमन्त्री ओलीले भने–‘निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ।’

पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

Comments

Top