बनेपा । काभ्रेको बनेपामा विभिन्न ११ वटा यातायात समितिले सिन्डिकेटको माग गर्दै सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीयले सुरक्षा दिएर सार्वजनिक सवारी साधन सञ्चालन गराएका छन् । ति समितिहरुले सोमबार मयुर यातायातका बसहरु सञ्चालनमा अबरोध गरेपछि स्थानीय सिन्डिकेटको पक्षमा रहेको यातायात समिति विरुद्ध उत्रिएका हुन् । स्थानीयवासी र यात्रुहरुले सुरक्षा दिएपछि मयुर यातायात सञ्चालनमा आएको छ ।
बनेपाको जनागालमा यातायात समितिको अबरोधमा परेको बसलाई स्थानीयवासीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्याइदिएका छन् । अबरोधपछि चालक र सहचालक बस छोडेर हिँडेका थिए र तर, यात्रु र स्थानीयको सहयोगपछि बस सञ्चालनमा आएको हो ।
Comments