५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान

kpoliindia

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । तीनदिने राजकीय भ्रमणका लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

 प्रधानमन्त्री ओलीले भारतीय व्यापारीहरुसँगको भेटपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग बार्ता गर्दैछन् । प्रधानमन्त्री ओली आजै बेलुका नेपाली राजदुतावासमा पुगेर नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । शनिबार बिहान प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेटवार्ता तय भएको छ । बिहान राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री राजघाट जाने तयारी छ ।

Comments

Top