ओलीलाई सम्मान स्वरुप गार्ड अफ अनर प्रदान

oli in india ggकाठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ। राष्ट्रपति भवन परिसरमा शनिबार आयोजित कार्यक्रममा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे । उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए ।

ुनेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक हो, नेपालले सबै मित्रराष्ट्रसँग उत्तिकै राम्रो र सबल सम्बन्ध राख्छु सम्बोधनमा प्रधानमन्त्री ओलीले भने ुत्यसमा पनि छिमेकी भारतसँगको सम्बन्ध महत्वपूर्ण छ।ु

प्रधानमन्त्री ओलीले त्यसका लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए । उनले नेपाल(भारत सम्बन्ध ऐतिहासिक भएको पनि बताए।

 

Comments

Top