नेपालको नयाँ जनमतलाई भारतले स्वागत गरेको छ : प्रधानमन्त्री ओली

kpoliindia

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा उल्लेखनीय सम्झौताहरु भएको र विगतका सम्झौताहरु कार्यान्वयनमा विषेश पहल भएको वताएका छन् ।आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ जनमतलाई भारतले अब स्वागत गरेको उल्लेख गरे ।

 भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा विगतमा सहमति र सम्झौता कार्यान्वयनकै विषयमा बढी केन्द्रित भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । जलमार्ग, रेलमार्ग कृषिमा सहयोग गर्ने विषयमा पनि कुराकानी भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताए ।अब नेपाल भारत सम्वन्ध कस्तो रहला भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’

 

Comments

Top