सरकारले ल्याएको श्वेतपत्र अबौद्धिक र अव्यवसायिक : कांग्रेस

nepali congress_2काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि जारी गरेको श्वेतपत्रलाई अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको ठहर गरेको छ। कांग्रेसले आज पत्रकार सम्मेलन गरी २४ बूँदे आलोचना सार्वजनिक गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए । ‘तथ्यको अतिरन्जनापूर्ण व्याख्या गरेर शून्यबाट समृद्धि सुरू गर्न लागेको भ्रम दिन खोजिएको छ’ उनले भनेका छन्–‘इतिहास आँजबाट सुरु हुन्छ भन्न खोजिएको छ। अहिलेसम्मको उपलब्धिलाई आँखा चिम्लिएको छ ।’

अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्ने आफूहरुको कर्तव्य रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस नेता डा। प्रकाशशरण महतले स्वेतपत्रमा राम्रा कुरा छोप्ने र नराम्रा कुरा कांग्रेसले गरेको हो भन्न खोजिएको आरोप लगाए । ‘सबै खराबै खराब छ र कांग्रेस नेतृत्वको सरकारले खराब गरेको हो भनेर प्रस्तुत गर्न खोज्नु भएको छ’ कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘उहाँहरु आफ्नो चुनावी बाचाबाट भाग्न खोज्नुभएको छ ।’ बितेको २५ वर्षमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्यलाई श्वेतपत्रमा कतै उल्लेख नभएकोमा कांग्रेसले प्रश्न उठाएको छ।

Comments

Top