ओडीसी भन्छ–‘धरौटीमा छुटेका सलमानलाई जेठमा नेपाल ल्याउँछौं’

dabang the toorकाठमाडाैं । ‘द दबंग टुर’का आयोजक ओडीसी इन्टरटेन्टमेन्टले बलिउड कलाकारहरु आएर टुँडिखेलमा कार्यक्रम गर्ने भन्दै करोडौं उठाइसकेको छ । तर, सलमान नेपाल आउने भने अझै निश्चित भएको छैन । अझै पनि ओडीसी भने सलमानलाई नेपाल ल्याएरै छाड्ने बताउँछ । बिहीबार पाँच वर्षको जेल सजाय भोगेका सलमान खान मे २६ मा नेपाल आउने ओडीसीको दावी छ । यस अघि उनी आउने कार्यक्रम विप्लव नेतृत्वको माओवादीको कारण रद्द भएको जनाइएको थियो ।

ओडीसीले गत फागुन २६ मा नेपालमा सलमान खान सहितका बलिउड कलाकार आएर टुँडिखेलमा कार्यक्रम गर्ने भन्दै नेपाली दर्शकहरुबाट टिकट बेच्दै रकम असुलेको थियो । सलमान खानलाई उक्त कार्यक्रमा आउन नदिने भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी तिब्र रुपमा उत्रेपछि सलमानले नेपाल आउने कार्यक्रम स्थगित गरेका थिए । यसरी उनी नआउने अन्योलता बढ्दा आयोजक ओडीसीले भने वैशाखको पहिलो साता नेपाल आउने सूचना जारी गर्दै पुनः टिकट बिक्री कार्यलाई जारी राखेको थियो । फेरि सलमान खान जेल परेपछि सलमान आउने समय पुनः सरेर जेठ पुगेको छ ।

आयोजक ओडीसीले मार्च २ मा जारी गरेको सूचना
बिहीबार भारतको एक अदालतले उनलाई जेल सजायँ सुनाएपछि ३ हजार देखि २० हजार मूल्यका टिकट काटेका दर्शकहरुले आफ्नो पैसा डुबेका आशंका गरिरहेको बेला आयोजक ओडीसीका अध्यक्ष सीमान्त गुरुङले सलमान मे २६ मा आउने बताएका छन् ।

सलमान खानको अमेरिकाको टेक्सस र न्यूजर्सीमा तथा क्यानडा र पनि कार्यक्रम रहेको कारणले उनी नेपाल पनि आउने दावी ओडीसीको रहेको छ । खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि आउने ओडीसीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित