संगठनको छविलाई सुधार गर्न कुनै कसर बाँकी राखिदैन: आईजीपी खनाल

sarb1

 काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी संगठनको विकास र संगठनलाई प्रभावकारी बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।

 प्रहरी प्रधान कार्यालयमा बुधबार साँझ आयोजित आईजीपी र एआईजीहरुलगायतको विदाई कार्यक्रममा बोल्दै खनालले कामको शिलशिलामा अग्रजहरुबाट धेरै नै सुझावहरु आएको र तिनै सुझावको आधारमा अगाडि बढेर काम गरेको भन्दै संगठनालाई अझै सशक्त तवरले लैजाने बताएका छन् ।

 उनले भने–‘मलाई जुन अवसर प्राप्त भएको छ, त्यसका लागि नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षक प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ प्रहरी संगठनले अब सरकारको अपेक्षा अनुसारको काम गर्ने पनि उनले उल्लेख गरे ।

 प्रहरी संगठनभित्र देखिएका अप्ठ्याराहरु चिर्दै सुधारोन्मुख हुँदै जाने नवनियुक्त आईजीपी खनालले बताए । उपलब्ध स्रोत र साधनको उचित प्रयोग गरी नेपाल प्रहरीलाई चाहिले आवश्यक सुविधाहरु र हटाउनु पर्ने बाधा व्यवधानहरुको पहिचान गरी काम गर्ने वतावरण बसाल्ने पनि उनको भनाई थियो ।

 खनालले आफूले निर्वाह गर्नुपर्ने दायित्वमा अझै बढि स्पष्ट हुँदै जाने र संगठनको छविलाई अझै सुधार गर्दै अगाडि बढ्ने बताए ।  मन्त्री परिषद्को मंगलबार बसेको बैठकले खनाललाई आईजीपीमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नव नियुक्त आईजीपीमा सर्वेन्द्र खनालले विहिबार दज्र्यानी चिन्ह लगाउँदै छन् । कार्यक्षमता, कार्यसम्पादन मुल्याङ्कन र सिनियरितीको आधारमा एक नम्वरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो ।

Comments

Top