यातायात व्यवसायिलाई गृहमन्त्रीको जवाफ

badalभैरहवा । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले यातायात ब्यवसायीको सिन्डिकेट समाप्त पारेरै छाड्ने दाबी गरेका छन् । प्रतिस्पर्धाबाट नै मुलुकले आर्थिक समृद्धि हुने भन्दै उनले तस्करी र कालोबजारीले मुलुकको अर्थतन्त्र तहस नहस हुने भएकाले तस्करीलाई जरै देखि उखेल्ने पनि बताए । उनले भने–‘३३ किलो सुन तस्करीका बारेमा अनुसन्धान भइरहेको छ। दोषी जो कोही भए पनि छाडदैनौ।’

आज लुम्बिनी प्रेस क्लबले भैरहवास्थित गौतम बुद्ध बिमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री थापाले सुरक्षा र सुशासनका निम्ति सरकाले कुनै कसर बाँकी नराख्ने बताए । मुलुकको विकासका लागि शान्ति र सुशासन आवश्यक रहेको र त्यसका लागि सरकार दृढतापूर्वक लागेको बताए।

देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरीय कार्ययोजना बनाएर सरकार अघि बढ्न थालेको उल्लेख उनले मुलुक संघियतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको अन्यौलता चाडै अन्त्य हुने बताए।

Comments

Top