हिम्मतवालीपछि मालिकाको निर्देशन गर्दै रेखा

rekhaकाठमाडौं । नेपाली चलचित्र ‘मालिका’को छायांकन सुरु भएको छ। सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै फिल्मको सुटिङ सुरु भएको हो। बालुवाटारबाट छायांकन सुरु गरिएको यस फिल्मलाई रेखा आफैँले निर्देशन गर्दैछिन्। थापाको फिल्म निर्माण कम्पनी ‘रेखा फिल्मस’को ब्यानरमा उक्त फिल्म निर्माण हुने भएको हो ।

छायांकनको पहिलो दिन रेखा र नरबहादुर कार्कीले बालुवाटारमा सुटिङ गरे । यस फिल्मको कोहलपुर जाजरकोटमा समेत छायांकन हुने बताइएको छ । मालिकामा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ। रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहनेछ। मालिकालाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ। रेखाले यसअघि हिम्मतवाली निर्देशन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित