धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुटेर फरार दुई जना पक्राउ

luteraa

 काठमाडौं । धनगढीमा दिनदाहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुटने लुटेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरीको बिशेष टोलीले फरार रहेका कालु राना र प्रबेश रानालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरी अनुसन्धान थालिएको महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए । कालु राना जबर्जस्ती करणी मुद्दामा ६ बर्ष कैद भुक्तान गरी गत माघमा छुटेका थिए।  

 सिद्धार्थ बैकबाट रकम झिकेर चौहारा नजिक रहेको किन्ट आईएमई सेन्टरका कर्मचारी निर्मला कार्कीमाथि मुख्य बजारमै गोली प्रहार भई लुटपाट भएको थियो। घटना भएको आईतवार दुई साता पुग्दा पनि प्रहरीले लुटेराबारे केही पत्ता लगाउन नसकेको भन्दै आलोचना भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित