logo

दबंङ द टुरको नाममा लाखौं ठगेको अभियोगमा आेडीसीका सञ्चालक गुरुङ पक्राउ

simanta gurung final

   काठमाडौं । महानगरिय अपराध महाशाखाले भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याएर ‘दबंङ द टुर’ (दबंगः द सलमान खान लाइभ इन नेपाल) गराउने भन्दै लाखौं रकम उठाएका ओडीसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङलाई पक्राउ गरेको छ ।

सलमानलाई नेपाल ल्याएर कन्सर्ट गर्न भन्दै उनले पटक–पटक रकम उठाई लाखौ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । ओडीसी इन्टरटेनमेन्टका नाममा विभिन्न देशका कलाकार नेपाल ल्याएर प्रस्तुती गराउने प्रचारबाजी गरी रकम उठाउने काममा उनको संलग्नता देखिएको थियो ।

ओडीसीले इन्टरटेनमेन्टले २०७४ २६ फागुनमा टुडिखेलमा आयोजना गर्न लागेको उक्त कन्सर्टका लागि सलमान आउने भन्दै रकम उठाएको थियो । त्यस लगत्तै सलमा हरिण सिकार गरेको अभियोगमा जेल चलान भएको बहानामा ओडीसीले पुन म्याद सारी जेठ १२ गते नेपाल आउने भन्दै रकम उठाइरहेको थियो ।

ओडीसीले सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्शलगायतलाई ल्याउने भन्दै अझै पनि रकम असुलीरहेको छ ।

Comments

Top