logo

८ डीआईजीको अवकाशसँगै एआईजीमा पाँच जनाको प्रतिष्पर्धा

dig haru

   काठमाडौं । ३० वर्षे सेवाहदको प्रावधानअनुसार एक आजबाट नेपाल प्रहरीका आठ जना नायब महानिरीक्षक (डीआईजी) र दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अनिवार्य अवकाश पाएका छन् । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।

एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह, श्याम खड्का, प्रेम चन्द, रविन्द्र शर्मा र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका हुन् । उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् ।

हाल कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत थिए ।

योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् । उनीहरु पाँचमध्ये तीन जनाले एआईजी बन्ने सौभाग्य पाउनेछन् भने बढुवामा छुट्ने दुई जनाले अहिलेको लागि डीआईजीमै चित्त बुझाउनु पर्नेछ ।

त्यस्तै, एसएसपीद्वय श्यामबहादुर खत्री र मोहनराज जोशीले पनि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । बहुचर्चित ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएर निलम्बनमा रहेका एसएसपी खत्री अदालती आदेशअनुसार हाल सुनसरीको झुम्का कारागारमा थुनामा छन् ।

Comments

Top