बिश्वकप फुटबल : इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेसो बन्न सफल

beljium3rd

काठमाडौं । रसियामा जारी बिश्वकप फुटबल प्रतियोगितामा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेसो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराउँदै तेश्रो स्थान सुरक्षित राखेको छ ।

थोमस मुनिएर र कप्तान एडेन हाजार्डको गोल मद्दतमा इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम तेस्रो भएको हो । खेलको चौथो मिनेटमा थोमस मुनिएरले गोल गर्दै बेल्जियमलाई को जितलाई सहज बनाएका थिए । ८२औँ मिनेटमा कप्तान एडेन हाजार्डले केभिन डे ब्रुएनाले उपलब्ध गराएको बललाई डि एरिया भित्र ड्रिबल गर्दै गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाएका थिए ।

 इंग्ल्याण्डले गोल अवसर पाएपनि सफल हुन भने सकेन ।

प्रतिक्रिया

सम्बन्धित