logo

सामूहिक बलात्कार गरेर महिलालाई जिउँदै जलाइयो, प्रहरी बेखबर

mahila

  काठमाडौं । छिमेकी मुलुक भारतमा बलात्कारका घटना दैनिकजसो भइरहन्छन् । भारतमा सामूहिक बलात्कार पनि दिन प्रतिदिन बढिरहेकै छ । बलात्कार त्यसै पनि जघन्य अपराध हो त्यहिमाथि बलात्कारपछि जिउँदै जलाउनु कतिसम्म पीडादायी क्षण होला, हामी कल्पना पनि गर्न सक्दैनौं । प्रसंग हो भारत उत्तर प्रदेशको ।

उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । सम्भल जिल्लाकी दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेर घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ । प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।

घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपछि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरेपनि कुनै जवाफ नआएको उनले बताएका छन् ।

त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । घटनाका सम्बन्धमा प्रहरीले छानविन गरिरहेको जनाएको छ ।

Comments

Top